डोटीमा कोरोना संक्रमित संख्या १२२२ पुग्यो, १०९९ ले जिते कोरोना, सक्रिय संक्रमित १२३ जना

497

कार्तिक ५, डोटी ।

डोटीमा मंगलबार थप ८ जनामा कोरोना भाईरसको संक्रमण देखिएसँगै कोरोना भाईरसबाट कूल संक्रमित हुने मानिसको संख्या १ हजार २ सय २२ जना पुगेको छ ।
डोटीमा पहिलो पटक कोराना संक्रमण २०७७ जेठ १९ मा शिखर नगरपालिकाका एक पुरुषमा देखा परेको थियो । त्यसयता डोटीका सबै स्थानीय तहहरु संक्रमणबाट अछुतो रहन सकेनन् । कोरोना संक्रमण देखिने क्रम जारी रहेको छ ।
कुन स्थानीय तहमा कति संक्रमित ?
डोटीको सबैभन्दा बढी कोरोना संक्रमण देखिएको स्थानीय तह शिखर नगरपालिका हो । जहाँ अहिलेसम्म ३ सय २३ जना संक्रमित भएका छन् ।
त्यस्तै दिपायल सिलगढी नगरपालिकामा अहिलेसम्म २ सय ५० जना, पूर्वीचौकी गाउँपालिकामा १ सय ५८ जना, के.आई.सिंह गाउँपालिकामा ४१ जनामा संक्रमण देखा परेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
त्यस्तै बडिकेदार गाउँपालिकामा २० जना, जोरायल गाउँपालिकामा ५० जना, आदर्श गाउँपालिकामा २ सय २१ जना, सायल गाउँपालिकामा १ सय ७ जना र बोगटान फुड्सिल गाउँपालिकामा ५२ जनामा कोरोना संक्रमण देखा परेको स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले जानकारी दिए ।
जिल्लाका ९ वटै स्थानीय तहमा देखिएका कूल कोरोना संक्रमित मध्ये मंगलबारसम्म १ हजार ९९ सय जनाले कोरोनालाई जितेर निको भएका छन् भने १ सय २३ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् ।
पूर्वीचौकी गाउँपालिका भने अहिले कोरोनामुक्त रहेको छ ।
अन्य स्थानीय तहमध्ये दिपायल सिलगढीमा ५८, शिखरमा १६ जना, के.आई.सिंहमा ४ जना, बडिकेदारमा ७ जना, जोरायलमा १८ जना, आदर्शमा ६ जना, सायलमा १ जना र बोगटान फुड्सिलमा ११ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
शुरुमा भारतबाट स्वदेश फर्केका मानिसहरुमा संक्रमण देखिए पनि पछिल्ला दिनहरुमा काठमाण्डौ लगाएत नेपालकै अन्य जिल्लाबाट डोटी आउनेहरुबाट कोरोना फैलिईरहेको पाईएको छ । पछिल्ला दिनमा डोटीमै रहेका मानिसबाट समेत अरु मानिसहरुका कोरोना संक्रमण फैलिन थालेको छ ।

Leave A Reply

Your email address will not be published.