डोटीमा अरिङ्गालको टोकाईबाट फेरी एक बृद्ध महिलाको मृत्यु

918

कार्तिक १७, डोटी ।

डोटीमा अरिङ्गालको टोकाईबाट फेरी एक बृद्ध महिलाको ज्यान गएको छ ।
आदर्श गाउँपालिका वडा नं. १ बाँझककानीको बाहुन टाक टोल बस्ने अन्दाजी ७५ वर्षका कटि लुहारको अरिङ्गालको टोकाईबाट ज्यान गएको हो ।
हिजो आइतबार दिउँसो गोरुबाख्रा चराउन बनमा गएको बेलामा करिब ५ बजेतिर रुखमा रहेको अरिङ्गालको गोलोबाट आएर उनलाई टोकेपछि मौवा नगरदह स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको र राती घरमा ल्याईएको तर सोमबार बिहान २ बजेतिर उनको मृत्यु भएको नेकपा आदर्श गाउँ कमिटि अध्यक्ष गोबिन्द पार्कीले जानकारी दिएका छन् ।
अहिले शव अन्त्यष्टिको तयारी भईरहेको बुझिएको छ ।
यहि कार्तिक ११ गते मात्रै सायल गाउँपालिका वडा नं. १ छपालीको रोकाया गाउँका वर्ष ५ र वर्ष ३ का गरी २ बालिकाको अरिङ्गालले टोकेरै ज्यान गएको थियो ।

Leave A Reply

Your email address will not be published.