डोटीमा थप ११ जनामा कोरोना संक्रमण
मंसिर ४, डोटी ।
डोटीमा थप ११ जनामा कोरोना संक्रमण देखा परेको छ ।
जिल्ला अस्पताल डोटीको कोभिड–१९ परीक्षण प्रयोगशालामा विहिबार भएको ७१ वटा नमुना स्वाव परीक्षणका क्रममा ११ जनामा पोजेटिभ र बाँकी ६० जनामा नेगेटिभ नतिजा देखिएको हो ।
संक्रमितहरुमा दिपायल सिलगढी नगरपालिकाका ६ जना, के.आई.सिंह गाउँपालिकाका ४ जना र १ जना भने दार्चुला जिल्लाको लेकमका रहेको जिल्ला अस्पताल डोटीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट बिरेन्द्र राउतद्वारा हस्ताक्षरित विज्ञप्ती अनुसार विहीबार डोटीको के.आई.सिंह, शिखर, दिपायल सिलगढी, अछामको चौरपाटी र दार्चुलाको लेकम लगाएतका ठाउँबाट संकलित स्वाव परीक्षण गरिएको हो ।
हिन्दुहरुको दोश्रो महान चाड शुभ दिपावलीका कारण कार्तिक २९ गतेदेखि रोकिएको कोरोना भाईरस परीक्षण आज विहिबारबाट सुचारु भएको छ ।
