संसद पुनर्स्थापनाको माग गर्दै डोटीमा मसाल जुलुस

435

पौष १३, डोटी ।

अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालका युवा तथा विद्यार्थीहरुले डोटीको सिलगढीमा सोमबार मसाल जुलुस निकालेका छन् ।
विघटित संसद पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य नरेश मलासीको नेतृत्वमा मसाल जुलुस निकालिएको हो ।
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका युवा तथा विद्यार्थीहरुले मसाल जुलुस निकालेको अनेरास्ववियुका डोटी सह–संयोजक गणेश बमले बताए ।
जुलुसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिन्दावाद, संसद पुनस्र्थापना गर, विर सहिद लाल सलाम, पार्टी एकता जिन्दावाद, अनेरास्ववियु जिन्दावाद, राष्ट्रिय युवा संघ जिन्दावाद लगाएतका नारा लगाएका छन् ।

नेकपाको केन्द्रमा फुटको वातावरण सिर्जना भएपछि डोटीमा पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षधरहरुले जिल्लामा सक्रियता बढाएका छन् भने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष के.पी.शर्मा ओली पक्षले सक्रियता देखाएको छैन ।
प्रचण्ड नेपाल पक्षधरहरुको भोलि पौष १४ गते विरोध सभा पनि आयोजना गरिएको जनाईएको छ ।

फुटको राजनीतिको असरका रुपमा प्रचण्ड–नेपाल समूहले डोटी जिल्लामा पनि सक्रियता बढाएपछि प्रधानमन्त्री ओली पक्षका गतिविधी पनि केहि दिनभित्रै सञ्चालन हुने श्रोतले बताएको छ ।

Leave A Reply

Your email address will not be published.