सायलको कौराडीका २५ जना महिलालाई बाख्रा वितरण

713

प्रेम नेपाली
फाल्गुन १६, डोटी ।

डोटीको सायल गाउँपालिका वडा नम्बर १ कौराडीका २५ जना महिलालाई बाख्रा वितरण गरिएको छ ।
प्रधानमन्त्री आधुनिकीकरण बाख्रा पकेट कार्यक्रमको आर्थिक सहयोगमा सायल गाउँपालिकाको पशु सेवा शाखाको सहयोगमा लगनशील महिला साना किसान, कृषि सहकारी संस्था लिमिटेडले जुनतारा कृषि समुहका २५ जना महिलाहरुलाई बाख्रा वितरण गरेको हो ।
समुहका प्रति महिला सदस्यलाई २/२ वटाका दरले बाख्रा वितरण गरेको सायल गाउँपालिका वडा नं. १ का सहायक कर्मचारी करन देउवाले जानकारी दिए ।

विशेष गरि दलित, एकल महिला र आर्थिक अवस्था एकदमै न्युन भएका महिलाहरूको कृषि समुह दर्ता गरेको र उनिहरुलाई आयआर्जनमूलक कार्यक्रममा आवद्ध गराई आर्थिक अवस्था सुधार गर्ने उद्धेश्यले बाख्रा वितरण गरिएको लगनशील महिला साना किसान, कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सिर्जना डुम्रेलले बताईन् ।
जुनतारा कृषि समुहका पदाधिकारी, वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि, पशु सेवा शाखाका प्रतिनिधि र सहकारी संस्थाका प्रतिनिधि सहितको उपस्थितिमा बाख्रा वितरण गरिएको थियो ।
उक्त कार्यक्रमका लागि पन्ध्र लाख बजेट रहेको र सोही बजेटबाट लगत्तै सायल गाउँपालिका वडा नम्बर २ मा रहेको झिलिमिली बाख्रापालन महिला कृषक समुह सिर्मालाई पनि बाख्रा वितरण गर्ने योजना रहेको अध्यक्ष डुम्रेलले जानकारी दिइन् ।

No description available.

Leave A Reply

Your email address will not be published.