नेकपा एमाले वन तथा वातावरण विभाग प्रमुखमा मन्त्री प्रेम आले
बैशाख १०, काठमाण्डौ ।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य प्रेम आलेलाई एमाले पार्टीको वन तथा वातावरण विभाग प्रमुखको जिम्मेवारी प्राप्त भएको छ ।
नेपाल सरकारका वन तथा वातावरण मन्त्री समेत रहेका आलेलाई आज बालुवाटारमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले सो जिम्मेवारी दिएको हो।
एमाले नेता एवं मन्त्री आले विकासवादी नेताका रूपमा चिनिन्छन ।