वन मन्त्री आलेद्वारा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कठायतको निधनमा दुःख व्यक्त
झलक पाली
बैशाख ३०, डोटी ।
वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लालबहादुर कठायतको कोरोना संक्रमणबाट भएको निधनप्रति दुःख व्यक्त गरेका छन्।
मन्त्री आलेले आज एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै डोटी, शिखर नगरपालिका–३ शालगाउँ बस्ने मृतक कठायतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेका छन्।
मन्त्री आलेले एमाले नेता कठायतको निधनबाट एमाले डोटीसहित समग्र पार्टीले एक असल र निष्ठावान् नेता तथा इमान्दार युवा नेता गुमाएको जनाएका छन्।
भद्र, शालीन, मिलनसार छवि बनाएका मृतक कठायतले सुदूरपश्चिमेली जनताप्रति समर्पित युवा नेताको भूमिका निर्वाह गरेको मन्त्री आलेद्वारा जारी श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गरेका छन्।