`एसियाको भविष्य’का नेताका रुपमा प्रधानमन्त्री ओली छनौट

828

जेठ १३, काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एसियाको भविष्य’का नेताको रुपमा छनौट गरेको छ । जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेताको छनौट गरेको छ ।
२६औं अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपालका प्रधानमन्त्री ओलीलाई ८औं नम्बरमा छनौट गरेको छ । दरिलो लिडरसिपले नै देश माथी लैजाने हो । जापानको राष्ट्रिय दैनिकले फ्रण्डपेजमै द फ्युचर अफ एसिया शिर्षकमा प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री ईमरान खान भन्दा अगाडि राखेको छ । एसियाको भविष्यका नेता छानिनु देशकै गौरव हो भने विकास र समृद्धिको बाटोमा देश अगाडी बढेको सुभ संकेत पनि हो ।
विश्वका शक्तिशाली मुलुकहरुले समेत नेपालको नेतृत्वको बारेमा प्रशंसा गरिरहेको समयमा नेपालका राजनीतिक दल भने राजनीतिक खिचातानीमा नै व्यस्त रहेका छन् । एसियाकै भविष्य निर्धारणका मुख्य पात्रको रुपमा परिचित हुँदै जानुभएका प्रधानमन्त्री ओलीको विरुद्धमा माओवादी केन्द्र तथा नेपाली कांग्रेस भने वर्तमान ओली नेतृत्वको सरकार ढालेर मुलुकलाई पुनः कालो बादलतिर धकेल्ने प्रयास गरिरहेका छन् । – इताजाखबरमा समाचार छ ।

Leave A Reply

Your email address will not be published.