डोटीको जोरायलमा आकर्षक बुट्टेदार प्राचीन ढुङ्गा भेटियो

2,304

असार १४, डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नं. ३ चन्कट्टेमा आकर्षक बुट्टेदार प्राचीन ढुङ्गा भेटिएको छ ।
स्थानीय तटबन्ध योजनाका लागि डोजर चलाएर ढुङ्गा निकाल्ने क्रममा उक्त ढुङ्गा फेला परेको हो ।
गोलो आकार रहेको ढुङ्गामा चारैतिर आकर्षक बुट्टा रहेका छन् ।
उक्त ढुङ्गा ऐतिहासिक, धार्मिक र पुरातात्विक हुनसक्ने भएकाले स्थानीय बासिन्दाहरुले सुरक्षित स्थानमा राखेर पूजाआजा गर्न थालेका छन् । उक्त ढुङ्गाको एकापट्टीको भाग भने निकाल्ने क्रममा फुटेको जनाईएको छ ।
सो ढुङ्गा सुरक्षित स्थानमा सारेर राख्ने क्रममा ढुङ्गा राखेको स्थानबाट केहिबेर तलसम्म पानी बगेको प्रत्यक्षदर्शी नजर अनलाइन सहकर्मी अमृत कुमार ओलीले स्थलगत जानकारी दिएका छन् ।
सो ढुङ्गा भेटिएसँगै आश्चर्य सहित हेर्नका लागि स्थानीयहरुको भीड लाग्न थालेको जनाईएको छ ।
उक्त ढुङ्गा भेटिएको करिब ३ सय मिटर माथिपट्टी जोरायलको एक ऐतिहासिक पर्यटकीय क्षेत्र पाण्डवकालिन भीमसेन छेदन शीला पनि रहेको छ ।
त्यसको करिब ५/६ सय मिटर उत्तर पश्चिमपट्टी हालको ओझा गाउँ नजिकै बाइसे चौबिसे राजाको पालामा बनाईएको कोटको भग्नावशेष पनि रहेको छ भने पूर्वपट्टी करिब १ सय ५० मिटर टाढा शिव मन्दिर पनि रहेको छ ।

जोरायल क्षेत्र आफैमा एक ऐतिहासिक एवं पौराणिक इतिहास बोकेको क्षेत्र मानिन्छ ।

हेर्नुहोस् केहि तस्वीरहरु :

No description available.

May be an image of outdoorsNo description available.No description available.No description available.

Leave A Reply

Your email address will not be published.