डोटेली भाषाको चलचित्र ‘नन्दी’को दोस्रो गीत सार्वजनिक (भिडियो सहित)

1,601

मंसिर २८, डोटी ।

डोटेली भाषाको चलचित्र ‘नन्दी’ को दोस्रो गीत ‘बस बस आउ रानी’ सार्वजनिक भएको छ ।

सिएस फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीमा रहेको उक्त गीतमा अविनाश थापाको शब्द, भीम बिसीको संगीत र पुष्कर सुनुवारले एरेन्ज गरेका छन् ।

गीतमा चर्चित गायिका एन्जिला रेग्मी र हिमाल सागरको सुमधुर स्वर रहेको छ । गीतको निर्देशन राज पाठक र छायाङ्कन साहिल चौधरीले गरेका हुन् ।
नन्दी चलचित्रका निर्माता तथा सुदूर पश्चिमका चर्चित नायक विनोद बोहरा ‘बोग्टानी किङ’, नायिका एसिला चन्द मुख्य भूमिकामा छन् ।
नायक बोग्टानी किङ्ग डोटेली भाषाका चलचित्र र गीतमा अभियन गर्दै आएका छन् । हालसम्म उनले दर्जनौ गीतमा अभियन पनि गरिसकेका छन् । थुप्रै थारु, डेउडा र आधुनिक गीतमा अभिनय गरिसकेका बोगटानी किङ्ग पछिल्लो समयमा डोटेली भाषाका चलचित्र तथा गीतहरुमार्फत छुट्टै पहिचान बनाउन सफल नायक हुन् ।
उनी डोटेली भाषाको चलचित्रमा सर्वोत्कृष्ट नायकको अवार्डले सम्मानित समेत भैसकेका छन् ।
बोग्टानी किङ्ग नायक, मोडल मात्र नभई गायक तथा सर्जक पनि हुन् ।
डोटेली भाषामा बनेको चलचित्र ‘नन्दी’ अब छिट्टै रिलिज हुने भएको छ । फिल्मको धनगढी, दिपायल लगायत सुदूरपश्चिमका विभिन्न धार्मिक तथा ऐतिहासिक, पुरातात्विक पर्यटकीय स्थलमा छायाङ्कन गरिएको फिल्मका निर्माता बिनोद बोहोरा ‘बोग्टानी किङ्ग’ले बताए ।
विश्वमा फैलिएको कोरोना महामारीका कारण फिल्म समयमा रिलिज हुन नसकेको र अब अगामी माघ वा फाल्गुनमा रिलिज गर्ने तयारीमा रहेको निर्माता बोग्टानी किङ्गले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.