मन्त्री आलेद्वारा जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

435

शिव ओली ।
पुस ५, डोटी ।
नेपाल सरकारका सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जोरायल गाउँपालिकाका जेष्ठ नागरिक र एकल महिलाहरूलाई न्यानो कपडाहरु वितरण गरेका छन् ।
मन्त्री आलेको व्यक्तिगत सहयोगमा उनको गृह गाउँपालिका जोरायलको वडा नम्बर १,२,३ र ४ का वृद्ध, असहाय, विपन्न र एकल महिलाहरुलाई गरेर ७ सय ५६ थान न्यानो कपडा वितरण गरेको मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
जोरायल गाउँपालिकाको वडा नम्बर ५ र ६ मा पनि छिट्टै वितरण गरिने जनाइएको छ ।
मन्त्री आलेले बिरामी, दीनदु:खीहरुलाई बेला बेलामा सहयोग गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.