नेपालमा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि

613

माघ २, काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९ सय ६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा गरिएको १५ हजार १ सय ३१ नमुना परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६ सय ८० संक्रिय संक्रमित छन् ।
कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले गत पुस २७ गतेदेखि माघ १५ गतेसम्मको लागि शैक्षिक सँस्थाहरु बन्द गरेको छ भने सो अवधिमा विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन भनेको छ ।

सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्ट नियन्त्रण सम्बन्धी आदेशमा माघ १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युशन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसको तेस्रो लहरले नेपाल पनि प्रभावित बन्दै गएको छ ।

Leave A Reply

Your email address will not be published.