एमसीसीबारे छलफल गर्न ५ दलीय सत्ता गठबन्धनको बैठक बस्दै

240

फाल्गुन ६, डोटी ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन  (एमसीसी) को विषयमा सहमति खोज्ने प्रयासमा सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान १० बजेका लागि बोलाइएको छ ।
आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । यसकारण प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने प्रयास स्वरुप सत्ता गठबन्धनका शीर्ष नेताहरु बैठक बस्न लागेका हुन् ।
हिजो विहीबार बसेको गठबन्धनको बैठकबाट कुनै निष्कर्ष निकाल्न सकेनन् । सत्ता साझेदार दलहरु आ-आफ्ना अडानमा कायमै रहेकाले एमसीसीमा सहमति जुट्ने सम्भावना पनि कमै देखिन्छ । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भएकाले वर्तमान सत्ता गठबन्धन संकटमा परेको छ । एमसिसिकै विषयले गठबन्धन फुटेर सरकार पनि सङ्कटमा पर्ने देखिएको छ ।
सत्तारुढ गठबन्धनमा एमसीसी संसदमा टेबल गर्ने सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसङ्ग सम्वाद अघि बढाएको छन् । विहीबार राती प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवालाई पनि लगेर एमाले अध्यक्ष केपीशर्मा ओलीलाई भेट्न बालकोट पुगेपछि नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ ।
सत्ता साझेदार ५ दलिय गठबन्धनमा यस विषयले पनि थप शंका उत्पन्न गराउने र सहमतिमा समस्या हुने देखिएको छ ।

Leave A Reply

Your email address will not be published.