दिपायल सिलगढीको ९ वटै वडामा बालक्लब गठन गरिदै
वडा नम्बर ६ मा दिप्त्या खत्रीको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन
चैत्र ८, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिकाको ९ वटै वडाहरुमा बालक्लब गठन गर्न लागिएको छ ।
नगरपालिकाको ‘बालक्लब र बालक्लब सञ्जाल गठन तथा संचालन सम्बन्धि कार्यविधि २०७५’ बमोजिम प्रत्येक वडामा बालक्लब गठन गर्न लागिएको बाल संरक्षण कार्यक्रम संयोजक लोग बोहराले जानकारी दिए ।
जस अन्तर्गत पहिलो वडाका रूपमा मंगलबार वडा नम्बर ६ मा दिप्त्या खत्रीको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष बोहराले बताए ।
समितिको उपाध्यक्षमा दिलेन्द्र बोहरा, सचीवमा सन्ध्या श्रेष्ठ, कोषाध्यक्षमा पवित्रा कुन्जेडा रहेका छन् । त्यस्तै सदस्यमा अल्फा श्रेष्ठ, विशाल नेपाली, आशिष ओझा, पूर्णिमा मलासी, सम्झना सिजापती, लक्ष्मी रायमाझी र ललिता थापा रहेकोे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य दीपा श्रेष्ठले जानकारी दिइन ।
उनीहरुको पदावधि २ वर्षको रहने कार्यविधिमा उल्लेख छ ।
लगत्तै सबै वडाहरुमा बालक्लब गठन गरिने जनाइएको छ ।