डोटीमा नियमित औषधी सेवन गर्ने एचआईभि संक्रमितको ४९२ जना

286

मंसिर १५, डोटी
डोटीमा नियमित औषधी सेवन गर्ने एचआईभि संक्रमितको ४९२ जना रहेको छ ।
जिल्ला अस्पताल डोटीमा एड्स हेल्थ फाउन्डेशन (एएचएफ) ले ३५ औं विश्व एड्स दिवसका अवसरमा आयोजित एक कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
हालसम्म स्वास्थ्य परिक्षण गराएर १ हजार ८१ जना मानिसहरुमा एचआईभी प्रमाणित भैसकेको जनाईएको छ । जसमध्ये ८८६ जनाले एआरटी औषधी सेवा लिएको भए पनि त्यसमध्ये पनि ११० जनालाई उनिहरुको इच्छाएको ठाउँबाट सेवा लिने गरी स्थानान्तरण गरिएको तथा ७० जना भने सम्पर्कविहीन रहेको एएचएफका काउन्सलर शर्मिला मलासीले जानकारी दिइन् ।
डोटीमा विभिन्न समयमा गरेर अहिलेसम्मको तथ्याङ्क हेर्दा २१७ जना एचआईभि एड्सका कारण ज्यान गुमाईसकेको सरकारी रेकर्ड रहेको पनि उनले जानकारी दिईन् ।
जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.कमल सागर थोकरको संयोजकत्वमा आयोजित कार्यक्रममा डा. सोहन शाहले एचआईभि एड्सका बारेमा विस्तृतमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा जिल्ला अस्पताल डोटीका कर्मचारी, गैरसरकारी संघसँस्थाका प्रतिनिधी, एचआईभी संक्रमितहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।

Возможно, это изображение 5 человек, люди сидят, люди стоят и в помещении

Leave A Reply

Your email address will not be published.