भगवती आविको अध्यक्षमा नारायण सिं डौडी सर्वसम्मत

1,076

मंसिर १६, डोटी
डोटीको पुर्वीचौकी गाउँपालिका – १ खिरसैन, तल्लो फुलौट स्थित भगवती आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा नारायण सिं डौडी सर्वसम्मत चयन भएका छन् ।
संशोधन सहितको शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र पुर्वीचौकी गाउँपालिकाको स्थानीय शिक्षा ऐन २०७५ को नियम १९ बमोजिम डौडीको नेतृत्वमा ९ सदस्यीय समिति रहने गरि सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन गरिएको सो विद्यालयका प्रधानाध्यापक क्षेत्र बहादुर खड्काले बताए ।
नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्न आयोजित अभिभावकहरुको भेलाबाट गठित नयाँ समितिको सदस्यहरुमा परुवा लोहार, कौसी देवी खड्का, नरु देवी धामी, पुतली देवी बिष्ट र कमला देवी ऐर रहेका छन् ।
स्थानीय शिक्षा ऐन २०७५ अनुसार सम्बन्धित वडाको तर्फबाट निर्वाचित जनप्रतिनिधिबाट वडा सदस्य पारुदेवी सिर्माललाई वडाले जिम्मेवारी तोकेको विद्यालयले जनाएको छ भने एक जना गाउँ शिक्षा समितिले सिफारिस गरेको व्यक्ति सदस्य रहने व्यवस्था छ ।
विद्यालयका प्रधानाध्यापक सदस्य सचीव रहने नीतिगत व्यवस्था छ ।
यस पूर्व झन्डै ४ कार्यकाल सम्हालेका डिल बहादुर ऐर नेतृत्वको कार्यसमितिको पदावधि गत कार्तिक २६ गते सकिएको थियो ।
आफ्नो कार्यकालमा सम्पन्न भए/गरेका कामहरू स्मरण गर्दै निवर्तमान अध्यक्ष ऐरले बाकी कामहरू नयाँ समितिले पूरा गर्दै लैजानुपर्नेमा जोड दिए ।
उक्त विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष दिर्घ सिं डौडीको अध्यक्षतामा सम्पन्न कार्यक्रम छिमेकी विद्यालय खापर आधारभूत विद्यालयका प्रधानाध्यापक देवराज पन्त प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै पन्तले पुरानो समितिलाई धन्यवाद दिदै नयाँ समितिलाई बधाई सहित विद्यालयको सर्वाङ्गिण विकासका लागि सक्रिय भुमिका खेल्नुपर्ने भन्दै शुभकामना व्यक्त गरे ।
कार्यक्रम संचालन सोही विद्यालयका शिक्षक तप्तराज भट्टराईले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.