एक लाख पच्चीस हजार राशिको “धनन्जय अम्बा विद्यालय हित अक्षयकोष” स्थापना
मंसिर २५, डोटी ।
डोटीको जोरायल गाउँपालिका-४ बिनोडास्थित बेताल आधारभुत विद्यालयमा एक लाख पच्चीस हजार राशिको “धनन्जय अम्बा विद्यालय हित अक्षयकोष” स्थापना गरिएको छ ।
जोरायल गाउँपालिका वडा नम्बर ३ बरम निवासी ईश्वरीदत्त जोशीका स्वर्गीय बुबा धनन्जय जोशी र ९० वर्षीय आमा अम्बादेवी जोशीको नाममा जोशी परिवारले उक्त अक्षयकोष स्थापना गरेका हुन् ।
उक्त परिवारले विद्यालयको नयाँ व्यवस्थापन समिति र शिक्षक अभिवावक संघ गठन कार्यक्रमको अवसर पारी अक्षयकोष स्थापना गरिएको हो ।
विद्यालयको शैक्षिक प्रगतिमा टेवा पुर्याउन र सामाजिक क्षेत्रमा काम गर्ने अन्य व्यक्तिहरुलाई पनि प्रेरणा होस् भन्दै अक्षयकोष स्थापना गरिएको कोष स्थापना गर्ने इश्वरीदत्त जोशीले बताए ।
अक्षयकोषको नगद रकम र प्रमाणपत्र विद्यालय व्यवस्थापन समिति अध्यक्ष कविराज ओली र प्रधानाध्यापक खेम बहादुर खत्रीले ग्रहण गरेसङ्गै विद्यालयको तर्फबाट दोसल्ला र कदर पत्र सहित सम्मान गरेका थिए ।