अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिले समस्याको संवोधन हुने गरी प्रतिवेदन तयार पार्छ – सभापती कुँवर

264

भाद्र १२, डोटी
सुदूरपश्चिम प्रदेश सरकारले गठन गरेको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिका सभापती एवं प्रदेश सभा सदस्य हर्क बहादुर कुँवरले सुदूरपश्चिमका ९ वटै जिल्लामा भएको स्थलगत अध्ययनबाट समस्याको संवोधन हुने गरी प्रतिवेदन तयार गरिने बताएका छन् ।
बाजुरा र अछाम भ्रमण गरि शुक्रबार डोटी पुगेका कुँवरको टोलीले डोटीमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
समितिका सभापती कुँवर नेतृत्वमा एउटा टोली र समितिका सदस्य दिर्घ सोडारीको नेतृत्वमा अर्काे टोली गरी सुपका ९ वटै जिल्लामा जनधन, खानेपानी, वन, सिंचाई लगाएत विषयमा प्राकृतिक प्रकोपबाट परेको असरबारे अध्ययन गरिरहेको र अध्ययनबाट देखिएका वास्तविक समस्याहरु प्रतिवेदनमा समेटेर पीडित नागरिकका समस्या संवोधन गरिने उनले बताए ।
समितिले तयार पारेको प्रतिवेदन अनुसार क्षेत्रधिकारभित्रका प्रदेश मन्त्रालयलाई काम गर्न निर्देशन गर्ने र प्रदेश सरकारसँगै संघीय सरकार र स्थानीय तहलाई पनि प्रतिवेदनको कार्यान्वयनका लागि अनुरोध गर्ने उनले बताए ।
शुक्रबार डोटीको दिपायल सिलगढी नगरपालिकाको सेती सभा हलमा आयोजित संक्षिप्त अन्तरक्रिया कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका प्रमूख तथा अध्यक्ष, जिल्ला समन्वय समिति, प्रमूख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमूखहरु, विभिन्न सरोकारवाला सरकारी निकायका प्रमूख र पत्रकार सहितका कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागिहरुले समितिको टोलीलाई आ–आफ्नो क्षेत्रका समस्या तथा माग राखेका थिए ।
समितिको स्थलगत अध्ययन टोलीमा समितिका सदस्य भरत खड्का, बल बहादुर सोडारी र अमर बहादुर साउँद पनि रहेका थिए ।

Leave A Reply

Your email address will not be published.