एकता सौहार्दा दलित समाज नेपाल भारतको दोश्रो वार्षिकोत्सव सम्पन्न

363

माघ २९, (बेङ्लोर) भारत ।
भारतको बेङ्लोरमा रहेको नेपाली दलित समुदायको ‘एकता सौहार्दा दलित समाज नेपाल भारत’ को दोश्रो वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ ।
बेङ्लोरको अविगिरिमा बृहत साँस्कृतिक कार्यक्रम सहित संस्थाको वार्षिकोत्सव सम्पन्न भएको संस्थाका अध्यक्ष जीवन परियारले जानकारी दिए ।
वाषिर्कोत्सवको अवसरमा बोल्दै संस्थाका उपाध्यक्ष प्रकाश नेपालीले दलित समुदायको हक हित र अधिकार प्राप्तिका लागि योगदान गरेका अघिल्लो पुस्ताको जिम्मेवारी अब हाम्रो काँधमा आएकोले दलित समुदायका प्रतिनिधिहरु जो जहाँ छन त्यहीँबाट दलित उत्थानका लागि काम गर्न अनुरोध गरे ।
आफुहरु व्यक्तिगत तथा पारिवारिक समस्याका कारण प्रवासमा बस्नु परे पनि नेपालका लागी दलित समुदायको अधिकार र सवालका विषयमा भने संगठित भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
विगतमा दलित समुदायको अधिकार प्राप्त गर्न जति संघर्ष र आन्दोलन भए त्यसपछि नेपालको संविधान मार्फत दलित समुदायका हक अधिकार लिखित रुपमा आएपनी दलितहरु माथिको अन्याय र थिचोमिचो अझै कायम रहेका बेला आफुहरु जहाँबाट भएपनी एकताबद्ध हुनुपर्नेमा उनलेे जोड दिए ।
कार्यक्रममा पत्रकार तथा लोक डेउडा गायक प्रेम नेपाली, पुराना डेउडा गायक प्रेमलाल नेपाली, जय नेपाली, डेउडा गायक भुवन नेपाली, केशव नेपाली, दिपक नेपाली, राकेश नेपाली, शुनिल नेपाली लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.