भागरती एकेडेमीका विद्यार्थीद्वारा गण्डीगाड लघु जलविद्युतको अवलोकन

553

फाल्गुन २१, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका – ५, मा रहेको सँस्थागत विद्यालय भागरती एकेडेमीका विद्यार्थीहरुले शनिबार डोटीकै पुर्विचौकी गाउँपालिका – ६ मा सञ्चालित गण्डीगाड लघु जलविद्युत आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।
पानीबाट बिजुली कसरी निकालिन्छ भन्ने बारेमा ज्ञान हासिल गर्न उक्त शैक्षिक भ्रमण गरिएको भागरती एकेडेमीका सञ्चालक हेमराज मलासीले जानकारी दिए ।
९० किलोवाट क्षमताको सो जलविद्युत आयोजनाबारे विद्युत आयोजनाका सञ्चालक गोकुल भण्डारीले शैक्षिक भ्रमणमा रहेको विद्यार्थीहरुको टोलीलाई यन्त्र उपकरण, पार्टपूर्जा लगाएत विषयमा विस्तृत जानकारी दिएका थिए ।

Нет описания.
विज्ञान विषयमा आधारित रहेर कक्षा ६ देखि १० सम्मका कूल ७० जना विद्यार्थीहरु जलविद्युत आयोजनाको अवलोकनमा सहभागी रहेको जनाईएको छ ।
अवलोकन भ्रमणबाट विद्यार्थीहरुलाई किताबी ज्ञानका अलावा व्यवहारिक ज्ञान हासिल भएको विद्यालयका सञ्चालक मलासीले विश्वास व्यक्त गरे ।

Нет описания.Нет описания.Нет описания.

Leave A Reply

Your email address will not be published.