नेपालमा थप ८९९ जनामा कोरोना सङ्क्रमण

216

भाद्र १५, काठमाण्डौ ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३९ हजार ४ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार १ सय १९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा ८ सय ९९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा ५ सय ८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २१ हजार ४ सय १० पुगेको छ ।
अब नेपालमा १७ हजार ८ सय २२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ७ हजार ३ सय ३७ जना क्वारेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय २८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । – उज्यालोबाट

Leave A Reply

Your email address will not be published.