सुदूरपश्चिममा तीन राज्यमन्त्रीसहित ९ मन्त्रीले खाए सपथ

274

श्रावण २१, डोटी ।

सुदूरपश्चिममा तीन राज्यमन्त्रीसहित ९ मन्त्रीले सपथ खाएका छन्।

नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसँगै ६ मन्त्री र तीन जना राज्यमन्त्रीले सपथ खाएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाह र अन्य ६ मन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाँले सपथ खुवाएका छन्। त्यसलगत्तै ३ जना राज्यमन्त्रीहरुलाई पनि मुख्यमन्त्री शाहले सपथ खुवाएका छन्।

नेपाली काग्रेंसबाट मुख्यमन्त्री शाहसँगै आर्थिक मामिला मन्त्रीमा बहादुरसिहं थापा, सामाजिक विकास मन्त्रीमा मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा प्रकाश बम र सामाजिक विकास राज्यमन्त्रीमा सरस्वती खड्काले सपथ खाएका छन्। त्यस्तै एमालेबाट भौतिक पुर्वाधार विकास मन्त्रीमा शुरेन्द्रबहादुर पाल, भुमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिरा शार्की नियुक्त भएर सपथ खाएका हुन्।

भौतिक पुर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउँदले सपथ खाएकी छन्। त्यस्तै नागरिक उन्मुक्तिबाट पूर्व सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको रुपमा सपथ खाएका हुन्। एमालेका पाल, थापा र शार्की यसअघि थोरै समयका लागि मन्त्री बनेका थिए। – दिनेश खबरबाट

 

Leave A Reply

Your email address will not be published.