डोटी र डडेल्धुराका प्रयोगशालामा गरीएको कोरोना परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टी

330

भाद्र १९, डोटी ।
जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा रहेका पिसिआर परीक्षण प्रयोगशालामा शुक्रबार ६ सय जनामा गरिएको कोरोना परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमितहरु बैतडीका १ जना, बझाङका १ जना, दार्चुलाका १ जना, डोटीका २ जना र अछामका १ जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टी भएको सम्बन्धित अस्पतालका प्रयोगशालाले प्रकाशन गरेको विज्ञप्तीमा उल्लेख छ ।
डडेल्धुरा अस्पतालमा ४५९ जनामा गरिएको कोरोना परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमितहरु मध्य बझाङका १ जना, दार्चुलाका १ जना, बैतड़ीका १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टी भएको डडेल्धुरा अस्पतालका कोभिड १९ परीक्षण प्रयोगशालाका ईन्चार्ज ईश्वरी प्रसाद भूषालले जानाकरी दिए ।


संक्रमित मध्य बैतडीको पाटन नगरपालिकाका १ जना, मष्टा गाउँपालिका बझाङका १ जना र दार्चुला मार्मा गाउँपालिकाका १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
त्यस्तै जिल्ला अस्पताल डोटीमा १४१ जनामा गरीएको कोरोना परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमित मध्य डोटीको पूर्वीचौकी गाउँपालिकाका १ पुरुष र आदर्श गाउँपालिकाका १ महिला गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अछामको मेल्लेख गाउँपालिका वडा न. १ का १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave A Reply

Your email address will not be published.