एमाले डोटीको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा मलासी, उपाध्यक्षमा बडैला, सचीवमा भट्ट एवं उपसचिवमा डौडी र सिंह निर्वाचित

564

पुस २, डोटी
नेकपा (एमाले) डोटीको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्षमा मन्जु मलासी, उपाध्यक्षमा खगेन्द्र बडैला, सचीवमा पदमराज भट्ट, उपसचिवमा डम्मर सिंह डौडी र उपसचिव (महिला) बिस्ना सिंह निर्वाचित भएका छन् ।
यता अध्यक्ष पदका उम्मेदवार शेर बहादुर मल्ल, उपाध्यक्षमा गणेश बिष्ट, लक्ष्मण मलासी, चक्र घर्ती, सचीवमा झलक पाली, धन बहादुर नेपाली, उपसचिवमा कृष्ण कुमार खड्का, कृष्ण दर्लामी, बम बहादुर बम र उपसचिव (महिलातर्फ) शशी सोव पराजित भएका छन् ।
मंसिर २८ र २९ का लागि तोकिएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन नभएपछि मंसिर ३० गते उम्मेदवारी दर्ता भएर हिजो पुस १ गते मतदान भएको थियो ।

कूल ४१२ जना प्रतिनिधि मतदाता रहेकोमा ३९४ मत खसेको थियो ।
सबै ५ जना पदाधिकारीहरु, ११ जना खुल्ला सदस्य, समावेशीतर्फ ५ जना दलित सदस्य, ४ जना जनजाति सदस्यमा भएको निर्वाचनमा हिजै रातीदेखी मत गणना शुरु भएर आज मङ्गलबार बिहान गणना सम्पन्न भएको थियो ।
सेती सभा हल राजपुरमा अहिले मत परिणाम घोषणा र सपथ ग्रहण कार्यक्रम भैरहेको छ ।

Leave A Reply

Your email address will not be published.