डोटीको जोरायलमा चट्याङ लागेर एक युवक घाइते

1,028

केशवनारायण जोशी
पुस १३, डोटी ।
डोटीको जोरायल गाउँपालिका–३ ठाँटीगडामा शनिबार दिउँसो परेको चट्याङले एक युवक घाइते भएका छन् । घाइते हुनेमा सोही वडाको रावतकट्टे निवासी २३ वर्षीय धिरजबाबु रोकाया रहेका छन । कृषि गणना कार्यका लागि भूपाल खत्रीको घरमा पुगेका रोकाया चट्याङमा परी उनको आँखा र टाउकोमा समस्या भएको छ।
घटनापछि रोकायालाई जोरायलको चन्कट्टेस्थित सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार गरिदै छ। स्वास्थ्यकर्मीका अनुसार उनको अवस्था खतरामुक्त रहेको भए पनि थप उपचारका लागि निगरानी आवश्यक रहेको छ।
चट्याङका कारण भूपाल खत्रीको घरमा समेत आंशिक क्षति पुगेको छ । उनको घरमा बिजुली र भित्तामा क्षति पुगेको स्थानीयहरूले बताएका छन्।

Leave A Reply

Your email address will not be published.