गाउँमा खोप केन्द्र भवन बनेपछि स्थानीय हर्षित

469

माघ ३, डोटी ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा न.६ का वडा अध्यक्ष श्याम बहादुर बोगटी गत २०७९ सालको स्थानीय निर्वाचनमा भारी मतका साथ बिजयी भए । २०७४ सालमा भएको निर्वाचनमा वडा सदस्यमा लोकप्रिय मत ल्याएर बोगटी चर्चामा आएका थिए ।
जब वडा अध्यक्षमा निर्वाचित भए, त्यतिबेला देखि नै ऊनी सार्वजनिक चासोका विषयहरुलाई प्राथमिकतामा राखी बजेट बिनियोजन गर्दै आएको बताउँछन् । “व्यक्तिगत योजनामा रमाउने बानी परेकाहरुले केही बिरोध समेत गरे । तर त्यसको सामना गर्दै पहिलो प्राथमिकतामा राखेर पहिलो वर्षको बजेट शिक्षा र स्वास्थ्य विनियोजन गरे”-ऊनी सुनाउँछन् । जसमध्ये स्वास्थ्य सेवा सहजताको लागि उनलेे पलाडी र कटैगाउँमा दुई वटा खोप तथा गाउँघर क्लिनिक भवन निर्माण गरेका थिए । पहिलो ५ वर्षे कार्यकालमा ती गाउँमा खोप तथा गाउँघर क्लिनिक भवन निर्माणको लागि बजेट तथा योजना माग गर्दा कुनै सुनाइ नभएको तर श्याम बोगटी वडा अध्यक्ष निर्वाचित भएको पहिलो वर्षमै भवन निर्माण गरेर स्वास्थ्य सेवामा निकै सहज भएको भन्दै गगुडा स्वास्थ्य चौकीका सिनियर अ.हे.व.शिशिर बोगटीले धन्यवाद ज्ञापन गरे ।
बोगटी भन्छन् – “पहिले खोप लगाउँदा र गाउँ घर क्लिनिक चलाउँदा खुल्ला आकाश अनि पिपल चौतारामा चलाउनु पर्ने बाध्यता थियो ।यसरी खोप दुषित भै अवान्छित घटना (AEFI ) हुने उच्च जोखिम पनि थियो । साथै खोपको प्रभावकारितामा समेत असर पार्न जान्थ्यो । हावाहुरी, घाम, पानीमा सेवा प्रवाह गर्न निकै कठिनाइ हुन्थ्यो । भवन निर्माण पश्चात् सेवा प्रवाहमा धेरै सहज भएको छ ।”
भवन बनाएर सहजै सेवा पाउँदा आफू लगायत गाउँबासीहरु निकै खुसी भएको पलाडी गाउँका सेवा ग्राही लक्ष्मी बोगटीले बताईन । यस्तै गर्भजाँच, सामन्य रोगको उपचार, चेकजाँच, बच्चाहरुको तौल आदि भवनभित्रै सुरक्षित सेवा लिन पाउँदा निकै खुसी भएको अर्का सेवाग्राही तुल्छा बमले बताइन् । त्यस्तै वडा अध्यक्ष बोगटीले जिर्ण रहेको गगुडा स्वास्थ्य चौकीको बर्थिङ् सेन्टरमा बजेट बिनियोजन गरि पूर्ण निर्माणपश्चात् सेवा संचालनमा आएको छ ।
पहिलेको बर्थिङ सेन्टर जिर्ण भएकाले सेवा प्रवाह गर्न निकै कठिनाइ रहेको र त्यो बर्थिङ कोठा अपर्याप्त थियो । गत वर्ष नयाँ बर्थिङ् सेन्टर निर्माण गरि त्यसबाट गुणस्तरीय सेवा शुरुवात गरेको गगुडा स्वास्थ्य चौकीका सिनियर अ.हे.व. शिशिर बोगटीले जानकारी दिएका छन् । पहिले कुरुवालाई बस्ने ब्यवस्था नभएको तर अहिले सहज भएकोपछि गर्भवती महिलालाई स्वास्थ्य संस्थामा ल्याउने र कुर्ने कुरुवाहरु समेत खुशीसाथ आउने गरेकोले वडा नं.६ मा घरमा सुत्केरी हुने संख्या शून्य रहेको र सबै स्वास्थ्य संस्था मै सुत्केरी हुने गरेको उनलेे बताए ।
साथै यस चालु आ.व.२०८१/०८२ बाट सुत्केरी आमालाई वडाको कोसेली कार्यक्रम पनि संचालनमा ल्याईएको वडा अध्यक्ष बोगटीले बताएका छन् ।
गगुडा स्वास्थ्य चौकीसङ्गको समन्वयमा प्रोटोकल अनुसार नियमित गर्भजाँच गरेका र स्वास्थ्य संस्थामै सुत्केरी भएका आमाहरुलाई १ क्रेट अण्डा, एउटा ब्लाङकेट, दुई प्याकेट आयोडिन नुन, एक प्याकेट खाने तेल र दुई वटा साबुन राखेर कोसेली बनाइ दिने गरेको उनलेे बताए ।
यो कार्यक्रमले घरमा सुत्केरी हुने संख्या शून्यमा पुर्याएर आमा र नबजात शिशुको स्वास्थ्य अवस्था समेत सबल बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने बोगटीले आशा व्यक्त गरेका छन् ।
जनप्रतिनिधि भएर आम जनताको हितका लागि काम गर्नु आफ्नो जिम्मेवारी भएकोले निरन्तर खटिरहने वडा अध्यक्ष बोगटीले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.