डडेल्धुरा र डोटीमा गरीएको कोरोना परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टी

243

भागरथी मडै

भाद्र २०, डोटी ।
डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा शनिबार २ सय १७ जनामा गरिएको कोरोना परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमितहरुमा बझाङका १६ जना र डोटीका २ जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालहरुले प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख छ ।
डडेल्धुरा अस्पतालमा शनिवार १ सय १० जनामा गरिएको कोरोना परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो। संक्रमितहरुमा बझाङका १६ जनामा कोरोना संक्रमण पुष्टी भएको कुरा डडेल्धुरा अस्पतालका कोभिड १९ परीक्षण प्रयोगशालाका ईन्चार्ज ईश्वरी प्रसाद भूषालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


जसमा बझाङको थलारा गाउँपालिकाका ४ जना, केदारस्युँ गाउँपालिकाका १० जना र छब्बिसपाथीभरा गाउँपालिकाका २ जना गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यता जिल्ला अस्पताल डोटीमा शनिबार अछाम र डोटीका गरी १ सय ६ जनामा गरीएको कोरोना परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित दुवै जना पुरुष सायल गाउँपालिका ६ डोटीका भएको जिल्ला अस्पताल डोटीका बि.एम.एल.टी. अनुराधा निरौला कार्कीले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.