नेपालमा फेरी थपिए १ हजार ४१ जना कोरोना सङ्क्रमित
एक हजार पाँच सय ६६ ले जिते कोरोना
भाद्र २०, काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४१ जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेट अनुसार १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरेकोमा एक हजार ४१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूल संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ६६ जना निको भएसँगै कोरोना सङ्क्रमण निको हुनेको संख्या २७ हजार एक सय २७ पुगेको छ ।
अब देशभर १७ हजार ८७० जना सक्रिय सङ्क्रमित छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा ९ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । कोरोना सङ्क्रमणबाट नेपालमा ज्यान गुमाउनेको कूल संख्या २ सय ८० पुगेको छ ।