प्रेस चौतारी सुदूरपश्चिमको अध्यक्षमा नरेन्द्र कार्की नेतृत्वको कमिटी सर्वसम्मत चयन
फाल्गुन १७, डोटी ।
प्रेस चौतारी नेपाल सुदूरपश्चिमको अध्यक्षमा नरेन्द्र कार्की नेतृत्वको कमिटी सर्वसम्मत चयन भएको छ ।
धनगढीमा शुक्रबारदेखि शुरु भएर शनिबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट ३५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो ।
नयाँ कमिटीको उपाध्यक्षमा मीन ठकुरी र कल्पना बोहरा (महिला), महासचिवमा भानुभक्त आचार्य, कोषाध्यक्षमा लक्ष्मणदत्त पन्त, सचिवमा खुल्लातर्फ लोकेन्द्र ओझा, अमरराज भटराई, दिपकराज जोशी, खेम ढुङ्गाना र समावेशी सचिवतर्फ मदन विक र गीता चौधरी चयन भएका छन् ।
कमिटीको सदस्यहरुमा विरेन्द्र भट्ट, शेरबहादुर विष्ट, सागर परियार, महेश कार्की, प्रेमसिंह बिष्ट, मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा, रमित बि.क, उमेशसिंह धामी, सुनिता धामी, केसपुरा मल्ल, कृष्णप्रसाद जोशी, रेणुकाकुमारी परियार चयन भएका छन् ।
त्यसैगरी भरत साउद (आलोक), बहादुर साउद, भूमिदत्त तिवारी, दीर्घ खत्री, सीता ठगुन्ना, दीपा भण्डारी, एकेन्द्र महता, पार्वती ओड, धन बहादुर वि.क. र वेदप्रकाश ओली पनि सदस्यमा चयन भएको प्रेस चौतारी नेपाल सुदूरपश्चिम कमिटीले जनाएको छ ।