तेज नेपालीको प्राण बचाउन सहयोगको याचना, आर्थिक अभावले उपचारमा समस्या

1,254

चैत ७, डोटी ।
डोटीको जोरायल गाउँपालिका ३ रावतकट्टेका तेज बहादुर नेपालीको प्राण बचाउन उनको घरपरिवारले सार्वजनिक रुपमा सहयोगको अपिल गरेका छन् ।
करिब आठ वर्षदेखि भारतको बैङ्लोरस्थित थर्मानली भन्ने ठाउँमा सुरक्षा गार्डका रुपमा कार्यरत ३५ वर्षिय नेपालीलाई यहि चैत ४ गते एकाएक उच्च रक्तचापका कारण मष्तिष्कका नसा फुटेपछि जीवन मरणको दोसाँधमा छन् ।No photo description available.
हाल उनको बैङ्लोर स्थित लाइफ केयर अस्पताल जिकजालामा उपचार भैरहेको उनका आफन्त केशव नेपालीले जानकारी दिए ।
आर्थिक अभावमा भारतको बैंङ्लोरमा काम गर्दै आएका आफ्ना भाइलाई प्रेसरले हानेर ब्रेन ह्यामरेज भएको तेज बहादुरका दाइ धनबहादुर नेपालीले बताए । तेज बहादुरकी श्रीमती र दुइ छोराहरु पनि सँगै बस्दै आएका थिए । पैंसा कमाउने मान्छे नै स्वास्थ्य समस्यामा परेपछि चरम आर्थिक अभाव भएको उनले बताए । उनले भने–‘न त उनको उपचारका लागि पैंसा छ, त्यसका साथै श्रीमती र छोराछोरीलाई खान लाउन समेत समस्या भएपछि परिवार नै विचल्लीमा छ ।’
तेज बहादुरको जीवन रक्षाका लागि मानवीय रुपमा सक्दो आर्थिक सहयोग गरिदिन भन्दै बिरामीका दाइ केशव नेपालीको सम्पर्क नम्बर ९८४८६२८४४२ र भतिजा बिमल कुमार नेपालीको सम्पर्क नम्बर ९७४५५२८९१५ सहित बिमल कुमार नेपालीको नाममा कृषि विकास बैंकमा रहेको खाताको QR सार्वजनिक गरेका छन् ।No photo description available.

 

Leave A Reply

Your email address will not be published.