डोटीमा संस्थागत सुत्केरी हुनेको संख्या सन्तोषजनक

647

असार ३२, डोटी ।
डोटीमा स्वास्थ्य संस्थामै सुत्केरी (सँस्थागत सुत्केरी) हुनेको संख्या बढ्दो क्रममा रहेकाले सन्तोषजनक रहेको पाईएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
जिल्लामा रहेका ९ वटै पालिकाबाट प्राप्त रिपोर्ट अनुसार घरमै सुत्केरी हुनेको संख्या घट्दो क्रममा रहेको र स्वास्थ्य सँस्थामा नियमित गर्भजाँच सहित सुत्केरी हुनेको संख्या बढ्दो क्रममा रहेको पाईएको मंगलबार आयोजित स्वास्थ्य कार्यक्रमको प्रगति, सूचना प्रवाह सम्बन्धी अन्तरक्रियामा जानकारी दिईएको हो ।May be an image of 7 people, hospital and text
स्वास्थ्य कार्यालय डोटीका प्रमूख एवं बरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश मलासीद्वारा प्रस्तुत प्रतिवेदन अनुसार डोटीमा २०८२ जेठ महिनासम्ममा सँस्थागत सुत्केरी हुनेको संख्या ६३ प्रतिशत रहेको छ । तर ४८ जना महिला भने घरमै सुत्केरी भएको पाईएको छ । असार महिनाको तथ्यांक भने समावेश गर्न बाँकी नै रहेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा घरमै सुत्केरी हुनेको संख्या ८७ जना रहेको थियो ।
पालिकागत तथ्यांक हेर्दा यस वर्ष सबैभन्दा बढी सायल गाउँपालिकामा १५, शिखर नगरपालिका र बोगटान फुड्सिल गाउँपालिकामा ८/८, पूर्वीचौकी गाउँपालिकामा ५, दिपायल सिलगढी नगरपालिका र बडिकेदार गाउँपालिकामा ४/४, जोरायल गाउँपालिकामा ३ र आदर्श गाउँपालिकामा १ जना घरमै सुत्केरी भएका हुन् । के.आई.सिंह गाउँपालिका भने घरमै सुत्केरी हुनेको संख्या शून्यमा झार्न सफल भएको छ । अरु पालिकामा  अहिले पनि घरमै सुत्केरी हुने गरेको पाईएकाले त्यसलाई शुन्यमा झार्न अँझै मेहनत गर्नुपर्ने देखिन्छ । आ.व.२०८१/८२ को जेठसम्ममा डोटीमा संस्थागत सुत्केरी हुनेको संख्या भने २ हजार ३२४ जना रहेको छ ।

पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा संख्या ओरालो क्रममा छ । तर त्यो जनसंख्या दर घटेका कारण हो । आर्थिक वर्षको संख्यालाई तुलना गर्ने नभएर एक आर्थिक वर्षमा कूल सुत्केरी हुनेको संख्यामध्ये संस्थागत र घरमै सुत्केरी हुनेको संख्यालाई विश्लेषण गर्नुपर्ने हुन्छ ।
जिल्लामा जन्मदर भने घट्दो क्रममा रहेको पाईएको स्वास्थ्य कार्यालय डोटीका प्रमूख मलासीले बताए । यसको मूख्य कारणमा साक्षरता बढ्नु, विवाह गर्ने र सन्तान उत्पादनको उमेर अन्तर बढ्नु, बसाईंसराईं हुनु लगाएतका कारणहरु प्रमूख छन् ।

डोटीमा पछिल्लो ५ वर्ष संस्थागत सुत्केरीको तथ्यांक हेर्नुहोस्‌ :May be a graphic of text that says '5000 4500 4000 InstitutionalDeliveries Institutional Deliveries 3500 3000 4518 2500 3640 2324 2621 2000 2794 1500 1000 500 0 Number 2081/82 2080/81 2079/80 2078/79 2077/78'

डोटीमा पछिल्लो ३ वर्ष संस्थागत सुत्केरीको पालिकागत विवरण हेर्नुहोस्‌ : May be a graphic of text that says '% of institutional delivery 140 120 100 129 80 121 09 09 60 60 55 63 40 68 49 40 4041 41 57 46 39 20 5150 Target Target>90% > 90 90% % 62 50 5049 49 322933 32 29 33 52 53 46 DOTI Purbichouki 4545 45 45 39 Sayal 5257 Aadarsha Shikhar Dipayal Silgadhi K.I. Singh Bogatan Badi Kedar 2079/80 2080/81 Jorayal 2081/82'

डोटीमा पछिल्लो २ वर्ष घरमै सुत्केरीको तथ्यांक हेर्नुहोस्‌ : May be an image of ‎text that says '‎Home delivery (MNH) 87 48 23 15 و 5 8 8 2 01 0 25 12 8 8 3 0 DOTI mueciasl Purbichouki 9 4 3 Sayal Aadarsha Shilkhar Shikhar Sigachi Silgadhi Singh Dipayal K.I. 2080-81 2081082 Bogatan Kedar Badi Jorayal Jorayal‎'‎

Leave A Reply

Your email address will not be published.