जोरायलमा श्रीकृष्ण जन्माष्टमीमा प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य आउँदै

1,215

साउन २७, डोटी
डोटीको जोरायल गाउँपालिका २ मा रहेको ऐतिहासिक धार्मिक क्षेत्र ‘कृष्ण पादुका’मा अनन्तश्री प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य आउनुहुने भएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा साउन ३१ गते हुने आध्यात्मिक दर्शन तथा आशिर्वाद कार्यक्रममा सम्पूर्ण श्रद्धालु भक्तजनमा जोरायल गाउँपालिका डोटीका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।
साउन ३० गते जगदगुरुको आगमन हुने ३१ गते ‘कृष्ण पादुका’मा आध्यात्मिक दर्शन तथा आशिर्वाद कार्यक्रम हुने र भाद्र १ गते बाहिर प्रस्थान गर्नुहुने अध्यक्ष ओझाले जानकारी दिनुभयो ।
कार्यक्रम व्यवस्थापन जोरायल गाउँपालिका र कृष्ण पादुका व्यवस्थापन समितिले गर्ने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.