एसइइ डोटी टपर कञ्चन पालीलाई `शिव बीमा जेहेन्दार छात्रवृत्ति पुरस्कार’

975

माघ २५, कैलाली ।
गत वर्ष २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा डोटी जिल्ला टपर छात्रा कञ्चन पाली ‘शिव बीमा जेहेन्दार छात्रवृत्ति पुरस्कार’बाट पुरस्कृत भएकी छन् ।
कैलालीको धनगढीस्थित कैलाली जनपुस्तकालय ६८ औं वार्षिकोत्सवको अवसरमा आइतबार पालीलाई उक्त पुरुस्कार वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री मेघराज खड्का र जनपुस्तकालयका अध्यक्ष शिवराज ओझाले संयुक्त रूपमा प्रदान गरेका हुन् ।
छात्रा पाली उच्च शिक्षा अध्ययनको शिलशिलामा जिल्ला बाहिर रहेकाले उनका बुबा झलक पालीले उक्त पुरुस्कार तथा सम्मान ग्रहण गरेका छन् ।
प्राध्यापक डाक्टर शिवराज श्रेष्ठद्वारा स्थापित उक्त पुरस्कार अन्तरगत रु. ११ हजार नगद, दोसल्ला र सम्मान पत्र सहित प्रदान गरिएको हो ।
एसइइमा ३.९६ अंक प्राप्त गरी डोटी जिल्लाकै इतिहासमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल छात्रा पालीलाई प्राप्त भएको यो छैटौं सम्मान हो ।
यस अघि दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६, दिपायल सिलगढी नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई डोटी, नेकपा एमाले डोटी काठमाडौ सम्पर्क मंच र ऊनी अध्ययन गरेको पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयमा स्थापित डाक्टर हेमराज जोशी स्मृति पुरस्कार तथा सम्मान गरिसकेको थियो ।
हाल छात्रा काठमाण्डौ मोडेल कलेज बागबजारमा प्लस टु साइन्स प्रथम वर्षमा अध्ययनरत छन् ।
पुस्तकालयको ६८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १८ वटा पुरस्कार वितरण गरेको छ ।
पुस्तकालयका अध्यक्ष शिवराज ओझाको अध्यक्षता एवं सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यतामा ६८ औं वार्षिकोत्सव तथा पुरुस्कार समर्पण समारोह सम्पन्न गरेको हो ।
कार्यक्रममा विभिन्न साहित्य तथा संस्कृतिप्रेमी, पुरुस्कृत हुने महानुभाव, पुस्तकालयसङ्ग आवद्ध व्यक्ति, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.