एसईई नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४८ हजार ३९२ जना ३.६ जीपीए कटाए

192

बैशाख २८, डोटी ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गरेको छ ।
नतिजा अनुसार यस वर्ष परीक्षामा सहभागी कुल ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गर्न सफल भएका छन् ।
कुल २ लाख ८४ हजार १६० जना विद्यार्थीहरू ग्रेड प्राप्त भएका छन् भने १ लाख ४६ हजार ५०७ जना विद्यार्थीहरू ‘नन-ग्रेडिङ’ मा परेका छन् ।
सबैभन्दा धेरै विद्यार्थी २.८० देखि ३.२० जीपीए समूहमा रहेका छन् । ३.६० देखि ४ जीपीएसम्म ल्याउने ४८३९२ जना रहेका छन् ।

Leave A Reply

Your email address will not be published.