कविता : विषम अनुभूति (मालिनी छन्द)

379

– राधा बोहरा ‘आँसु’
दुःखद दिन धरामा – बन्न थाले नि काँडा ॥
मनुज जन कसैमा – हर्ष उल्लास छैन ।
समय विसम आयो – लोकमा छैन चैन ।।
[१]
न त छ सहज राती – नै सुनौलो बिहान ।
नत छ सहज सन्ध्या – शान्तिदायी महान ॥
न त छ सहज कैल्यै – वर्ष महिना दिनाङ्क ।
जनम गति छ न्यास्रो – छैन यो भाव चङ्ख ॥
[२]
क्षितिज निरश देखें – व्योममा ओज छैन ।
सरस कसरी होला – आज त्यो खोज छैन ॥
धरणितल छ मौनी – रूप छैनन् दुरुस्त ।
रमित दिन पुराना – ती सकेछन् समस्त ॥
[३]
कठिन समय आए – व्याधि नौला बनेर ।
धरणि नभ छ दु:खी – द्वन्द पीडा सुनेर ॥
जलचरहरू अतल्पे – भित्रभित्रै छ क्रूर ।
नभचरहरूलाई – छैन बास्ने सहूर ॥
[४]
प्रकृति वन लतामा – छैन शोभा बसन्त ।
वनचरहरू बस्छन् – बास भित्रै सुशान्त ॥
तिरिरि गरी बनैमा – बाँसुरी बज्न छोड्यो ।
विदुष कति जनाले – सिर्जना गर्न छोड्यो ॥
[५]
मनुज यस धरामा – कालराहू बनेर ।
जल जमिन बनैको – ध्वंश गर्दैछ हेर ॥
अबुझ सठ छ मान्छे – सृष्टिलाई बिगार्छ ।
विपरीत दिन आए – ईशले न्याय गर्छ ।।
[६]
(लेखक जोरायल गाउँपालिका–२ बुडर, डोटी निवासी हुनुहुन्छ ।)

Leave A Reply

Your email address will not be published.