सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त, सपथ ग्रहण आजै ३ बजे

271

साउन २९, डोटी ।

सुदूरपश्चिम प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बिच प्रदेश सरकार गठनमा भएको सहमती बमोजिम सुदूरपश्चिममा नेकपाका नेता भट्टले शुक्रवार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढीमा पुगेर मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए। उनलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए।

दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गर्दै नियुक्ति पत्र प्रदान गरेका हुन्।
नवनियुक्त मुख्यमन्त्री भट्टसहित मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ शुक्रवार दिउँसो ३ बजे हुने कार्यक्रम तय गरिएको छ।

Leave A Reply

Your email address will not be published.