सेती नदीमा हाम फालेकी युवती बेपत्ता

563

भाद्र ३०, डोटी ।
डोटीको दिपायलस्थित सेती नदीमा हाम फालेकी एक युवती बेपत्ता भएकी छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार साँझ करिब ४ः५५ बजे दिपायल सिलगढी नगरपालिका–३ स्थित सेती नदीमाथिको झोलुङ्गे पुलबाट दिपायल सिलगढी नगरपालिका–६ नाचनथली बस्ने श्रीचन्द्र श्रेष्ठकी करिब २२/२३ वर्षीया छोरी प्रिंयका श्रेष्ठले नदीमा हाम फालेकी हुन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय दिपायलबाट प्रहरी नायब निरीक्षक डम्बरबहादुर कठायतको कमाण्डमा १० जनाको प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी उपरीक्षक सागर बोहराको कमाण्डमा थप १० जनाको प्रहरी टोली साँझ ५ बजे घटनास्थलतर्फ खटिएको छ।
बेपत्ता श्रेष्ठको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.