युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना

156

असोज २४, कैलाली ।

कैलालीको अत्तरियाका युवा व्यवसायी प्रेमराज भट्टले स्वर्गीय भाइ निर्मल कुमार भट्टसहित सम्पूर्ण पितृहरूको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

पुर्ख्यौली घर डोटीको जोरायल गाउँपालिका ३ कोटेली घर भइ हाल अत्तरीया निवासी भट्टले सुप समावेशी आधारभूत विद्यालयमा १ लाख ११ हजार १११ रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन्।
पितृपक्ष अन्तर्गत आश्विन कृष्ण औँसीको अवसरमा शनिबार भट्टले पत्नी कृष्णासहित विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिस्नादेवी बोहरालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
पितृहरूको सम्झनालाई चीरस्थायी बनाउँदै सामाजिक सेवामार्फत श्रद्धा व्यक्त गर्ने उद्देश्यले अक्षय कोष स्थापना गरिएको भट्टले बताए।
गोदावरी नगरपालिका–२, अत्तरियास्थित उक्त विद्यालयमा विशेषगरी शारीरिक रूपमा अशक्त विद्यार्थीहरूले अध्ययन गर्दै आएका छन्। अक्षय कोषबाट विद्यालयको सञ्चालन तथा शैक्षिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भट्टले यसअघि पनि विभिन्न सामाजिक तथा सेवामूलक कार्यमा सहयोग गर्दै आएका छन्।

Leave A Reply

Your email address will not be published.