नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत

418

असोज २५, डोटी ।

नेपाली काङ्ग्रेसको १५ औं नियमित महाधिवेशन पक्षधरतर्फ डोटी जिल्ला सभापतिमा बाजि सिंह खड्का (विजय) सर्वसम्मत चयन भएका छन् । अधिवेशनको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डण्डी राज ओझाद्वारा हस्ताक्षरित सार्वजनिक नामावली अनुसार खड्काको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन भएको हो।

​शेर बहादुर देउवा पक्षधर काङ्ग्रेस जिल्ला सभापति चयन भएका खड्का निवर्तमान उप सभापति एवं दिपायल सिलगढी नगरपालिकाका बहालवाला नगर प्रमुख पनि हुन् ।

नयाँ कार्यसमितिको उप-सभापतिमा टीकाराम फुलारा र योगेन्द्र ठकुल्ला चयन भएका छन् । त्यसैगरी सचिवमा दिपक बोगटी र केशव बहादुर बम तथा सह-सचिवमा उत्तम सिंह र भिम बहादुर मल्ल निर्वाचित भएका छन् ।

कोषाध्यक्ष पद भने जिल्ला कार्यसमितिबाट पछि मनोनीत गरिने जनाइएको छ।

​जिल्ला कार्यसमितिको सदस्यहरूमा लक्ष्मी देउवा बम, तारा साउद, रामचन्द्र भट्ट, जमुना खड्का, दीपा खड्का, दिनेश मल्ल, मोहन मल्ल, कल्पना ताडी जेठारा, राजेन्द्र केसी, हिक्मत मल्ल, सान्ता भुल, रण बहादुर बम, निर्मला बटाला ऐर र दिपेन्द्र कार्की चयन भएका छन् ।

​त्यस्तै अन्य सदस्यहरूमा दीप बहादुर बलायर, मान बहादुर साउद, लाल बहादुर कीमाडी, घने बलायर, मिन बलायर, लक्ष्मण बलायर, गौरी महरा, गोविन्द खड्का, कृष्ण भट्टराई, ललीता बि क, सृजना सिंह, निर्मला थापा, दिपक साउद, माया खड्का बडैला, कर्ण भण्डारी, केसव नेपाली, कृष्ण लाल बिष्ट, ममता बोहरा, केशव ढाट र केशब नेपाली लगायतका नेताहरू निर्वाचित भएका छन् ।

नेपाली काङ्ग्रेस डोटीको नियमित महाधिवेशन पक्षधरहरुको असोज २३ गतेदेखि भएको प्रदेश निर्वाचन क्षेत्र तथा जिल्ला अधिवेशनबाट प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमिति ‘क’ र ‘ख’ को नयाँ नेतृत्वको नामावली पनि सार्वजनिक गरेको छ।

निर्वाचन समितिका अनुसार ​प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’ को सभापति पदमा नन्द सिंह धामी चयन भएका छन् । उक्त समितिको उप-सभापतिमा राम चन्द्र ओझा र सुरत बिष्ट, सचिवमा सन्तोस बि. क. र डिल बहादुर रोकाया तथा सह-सचिवमा नृप खड्का र शंकर कोली चयन चयन भएका छन् । कोषाध्यक्ष पद भने प्रदेश सभा क्षेत्रीय कार्यसमितिबाट पछि मनोनीत गरिनेछ भने प्रदेश अधिवेशन प्रतिनिधिहरू नै प्रदेश सभा सदस्यका रूपमा रहनेछन्।

​यसैगरी प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘ख’ को सभापतिमा शेर बहादुर बम चयन भएका छन् । त्यस्तै उक्त समितिको उप-सभापतिमा महेशवरी ओझा र भगडी कामी, सचिवमा लिलाधर बिष्ट र शमशेर मल्ल तथा सह-सचिवमा जङ्ग लामीछाने र सुन्तली बि क चयन भएका छन् ।

यस समितिमा पनि कोषाध्यक्ष पद प्रदेश सभा क्षेत्रीय कार्यसमितिबाट मनोनीत गरिनेछ र प्रदेश अधिवेशन प्रतिनिधिहरू प्रदेश सभा सदस्यका रूपमा रहने जनाइएको छ ।

प्रदेश अधिवेशन प्रतिनिधिहरू छनोट भैसकेको जनाइएको छ ।

​

Leave A Reply

Your email address will not be published.