डोटीमा थप ७ जनामा कोरोना संक्रमण
कार्तिक ८, डोटी ।
डोटीमा शनिबार थप ७ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय डोटीले जारी गरेको विज्ञप्ती अनुसार थप ७ जनामा कोरोना संक्रमण देखा परेको जनाएको छ ।
संक्रमित हुनेहरुमा दिपायल सिलगढी नगरपालिका वडा नं. १ का २० वर्षिया पुरुष, वडा नं. ४ का ४० वर्षिया महिला र ४७ वर्षका पुरुष गरी ३ जना, के.आई.सिंह गाउँपालिका वडा नं. १ का ४७ वर्षिया पुरुष, वडा नं. ४ का ३८ वर्षिया पुरुष, वडा नं. ६ का २५ वर्षिया पुरुष गरी ३ जना र जोरायल गाउँपालिका वडा नं. ३ का ११ वर्षिया बालिका रहेको जनाईएको छ ।
उनिहरु सबैको डडेल्धुरा अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा कोरोना परीक्षण गरिएको हो । उनिहरु सबै होम आइसुलेशनमा रहेको जनाईएको छ ।
यससँगै डोटीमा कोरोना संक्रमित हुनेको कूल संख्या १ हजार २ सय ४५ पुगेको र सक्रिय संक्रमितको संख्या १ सय १६ जना रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले जानकारी दिए ।
