डोटीमा फेरी भिरबाट लडेर एक महिलाको ज्यान गयो
प्रेम नेपाली
कार्तिक १८, डोटी ।
डोटीमा खर काट्ने क्रममा भीरबाट लडेर मंगलबार फेरी एक महिलाको ज्यान गएको छ ।
जिल्लाको आदर्श गाउँपालिका वडा नं. ६ गिरीचौकाको बाङ्गाउँ टोल बस्ने बहादुरे ओलीका पत्नी वर्ष ४३ कि पानादेवी ओलीको बिहान ११ बजेतिर भीरबाट लडेर मृत्यु भएको हो ।
घर नजिकैको वनमा खर काट्न गएकी ओली करिब ४ सय मिटर तलसम्म लड्दा घटना स्थलमै ज्यान गएको नेकपा आदर्श गाउँ कमिटि सचिव एवं स्थानीय बासिन्दा तपेन्द्र बोहराले जानकारी दिए ।
मृतक ओलीको साथमा खर काट्न कोही नगएको तर उनले खर काटिरहेको वनमा केही चाल नपाईएपछि गाउँलेहरुले उनको खोजी गर्दा लडेर मृत अवस्थामा फेला पारेको जनाईएको छ ।
मृतकको शव आजै गाउँमा अन्त्यष्टी भैसकेको छ ।
यहि कार्तिक १४ गते मात्रै दिपायल सिलगढी नगरपालिका वडा नं. ७ पाकरीकी २८ वर्षीया शारदा कठायत भण्डारीको पनि भीरबाट लडेर मृत्यु भएको थियो ।
Shilal suresh 07@gmail,come
Rip