मोटर साइकलको ठक्करबाट डोटीमा एक बृद्ध महिलाको मृत्यु

315

कार्तिक २५, डोटी ।

डोटीमा मोटर साईकलको ठक्करबाट एक बृद्ध महिलाको ज्यान गएको छ ।
दिपायलको पिपल्ला बजारमा सोमबार राती करिब १०ः३० बजेतिर से.५ प. ९४६९ नम्बरको मोटर साइकलले ठक्कर दिंदा दिपायल सिलगढी नगरपालिका वडा नं. ४ पिपल्लाकै ७० वर्षकी बिपिकेश्वरी बि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक एवं सुचना अधिकारी इन्द्र बहादुर मल्लले जानकारी दिए ।
मोटर साइकल कसको हो भन्ने नखुलेको र चालक फरार रहेको उनले बताए । प्रारम्भिक जानकारी अनुसार मोटरसाइकल चालक धनगढीको मान्छे भएको भन्ने जानकारी रहेको र उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । मोटर साइकल भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
पिपल्ला बजार क्षेत्रमा मागेर खाने गरेकी मृतकको शव घटनास्थलमै रहेको र घटनास्थल मुचुल्का एवं शव व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरिक्षक कान्तीराज जोशी नेतृत्वको टोली घटनास्थलमा रहेको जनाइएको छ ।
सोमबार दिउँसो मात्रै दिपायल नजिकै दुइ वटा मोटर साइकल एकआपसमा ठोक्किंदा ३ जना घाइते भएका थिए ।

Leave A Reply

Your email address will not be published.