डोटीमा शशस्त्र प्रहरीका ७ सहित थप ९ जनामा कोरोना पुष्टी
कार्तिक २८, डोटी ।
डोटीमा शशस्त्र प्रहरीका ७ जना सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल डोटीको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा शसस्त्र प्रहरी बल ३६ नम्बर गण जोगीडाब्रे दिपायलमा कार्यरत ७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यहि कार्तिक २५ गते स्वाव संकलन गरिएकोमा शुक्रबार उनिहरुको नतिजा कोरोना पोजेटीभ आएको समाचार श्रोतले जानकारी दिएको छ ।
त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का १ जना र वडा नं. ४ का १ जना गरी जम्मा ९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीले प्रकाशित गरेको कोरोना सम्बन्धी ९९ औं विज्ञप्तीमा उल्लेख छ । संक्रमित शसस्त्र प्रहरीहरु ब्यारेक भित्र आईसोलेसनमा रहेका छन भने वडा नं. ४ र ६ का २ जना होम आइसुलेशनमा रहेको जनाईएको छ।
यससँगै डोटीमा कूल कोरोना संक्रमित संख्या १ हजार ३ सय २२ पुगेको छ भने हाल ७५ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् ।
हेर्नुहोस स्वास्थ्य कार्यालय डोटीले प्रकाशित गरेको कोभिड–१९ सम्बन्धी ९९ औं प्रेस विज्ञप्ती :
