डोटीका गाउँ-गाउँमा निशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन

544

प्रेम नेपाली
मंसिर ३०, डोटी ।

स्वास्थ्य कार्यालय डोटीले गाउँ-गाउँमा निशुल्क प्रजनन स्वास्थ्य सम्बन्धि शिविर संचालन गरेको छ । दिपायल सिलगढी नगरपालिका वडा नं १ तिखा स्वास्थ्य चौकी, आदर्श गाउँपालिका वडा नं ५ लामिखाल स्वास्थ्य चौकी, र सायल गाउँपालिका वडा नं १ छपाली स्वास्थ्य चौकी गरि तीन स्थानमा स्वास्थ्य शिविर संचालन गरिसकेको छ ।
मंसिर २९ र ३० गते गरि दुई दिनसम्म छपाली स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा जम्मा १ सय ८४ जना महिलाहरूको स्वास्थ्य चेकजाँच तथा उपचार गरिएको छ । जसमध्ये भिडियो एक्सरे गर्ने ९४ जना, पाठेघरको चेकजाँच गर्ने ५८ जनामध्ये ८ जनाको अप्रेशन गर्नुपर्ने स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन सुपरभाइजर सुर्य बिष्टले जानकारी दिए ।
कोरोना भाईरस महामारीका कारण तत्कालका लागि शिविर संचालन गरिएका तीन स्थान मात्र भएपनी बिस्तारै डोटीका नौ वटै स्थानीय तहमा शिविर संचालन गरिने बिष्टले बताए ।
प्राय महिलाहरू कम उमेरमै विवाह गर्ने, धेरै बच्चा जन्माउने, खानपिनमा ध्यान नदिने, सरसफाइमा ध्यान नदिने, धेरै भारी बोक्ने जस्ता कार्यले गर्दा चेकजाँचमा आएका बिरामीहरु मध्ये ग्यास्ट्रीकको समस्या, महिलाहरूको पाठेघर खस्ने समस्या, यौनीबाट सेतोपानी बग्ने समस्या, ढाड दुख्ने, पाठेघरमा मासु पलाएको आदि समस्या भएका बिरामीहरु आएका शिविरमा सहभागी जिल्ला अस्पताल डोटीका एमडीजिपि डा. प्रमोद भट्टले बताए ।

Leave A Reply

Your email address will not be published.