दाहाल-नेपाल गुटका ७ मन्त्रिद्वारा राजिनामा
पौष ५, काठमाण्डौं ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री के.पी.शर्मा ओली नेतृत्वको सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपतीबाट संसद विघटनको अनुमोदन भएसँगै पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल गुटका ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव रहेका छन् ।
साविकको माओवादी पृष्ठभूमिका दुइ मन्त्री राम बहादुर थापा बादल र लेखराज भट्ट भने सरकारमै छन् ।
हेर्नुहोस संयुक्त राजिनामा –
