डोटीका स्थानीय तहमा नेकपा (ओली समूह) को संगठन विस्तार शुरु
माघ ४, डोटी ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको समूहले डोटी जिल्लामा पार्टी संगठन विस्तार शुरु गरेको छ ।
पौष २७ गतेको जिल्ला कमिटिको विस्तारित बैठकको निर्णय अनुसार आज आइतबारदेखि स्थानीय तहमा पार्टीको संगठन विस्तार शुरु गरेको हो ।
जस अनुसार आइतबार शिखर नगरपालिका स्तरीय विस्तारित बैठकबाट तेज बहादुर साउँद अध्यक्ष र शेर बहादुर बोगटी सचिव रहने गरी ९९ सदस्यीय कमिटि गठन गरिएको छ ।

नेकपाका केन्द्रिय, प्रदेश, जिल्ला तथा स्थानीय नेता कार्यकर्ताको सहभागितामा बैठक सम्पन्न भएको जनाईएको छ ।
नेकपा डोटीका अध्यक्ष राम ऐरले दिएको जानकारी अनुसार माघ ४ गतेदेखि १३ गतेभित्र जिल्लाका सबै स्थानीय तहमा विस्तारित बैठकको आयोजना गर्ने कार्यक्रम रहेको छ । जस अनुसार भोलि सोमबार दिपायल सिलगढी नगरपालिका स्तरीय कार्यक्रम रहेको जनाईएको छ ।
