डोटीमा ‘गाउँघरमा चिकित्सक’ कार्यक्रमबाट एकै दिन १९८ जना बिरामीले सेवा लिए
फाल्गुन १७, डोटी ।
जिल्ला अस्पताल डोटीले जोरायलमा सञ्चालन गरेको ‘गाउँघरमा चिकित्सक’ कार्यक्रमबाट एकै दिन सोमबार १ सय ९८ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएका छन् । जिल्लाको जोरायल गाउँपालिका वडा नंं ३ को सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा फाल्गुन १७ र १८ गते दुइ दिनसम्म सञ्चालन हुने कार्यक्रममा पहिलो दिन
१ सय ५७ जना महिला र ४१ जना पुरुषहरुले सेवा लिएको जिल्ला अस्पताल डोटीका ना.सु लोकेन्द्र बिष्टले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा भिडियो एक्सरे, ईसिजी, एक्सरे, प्रयोगशाला सेवा र निशुल्क औषधि सेवा उपलब्ध गराईएको जिल्ला अस्पताल श्रोतले जनाएको छ ।
कार्यक्रममा जिल्ला अस्पतालका चिकित्सकहरु डा.ज्योती पाण्डे, डा. प्रकाश ठकुल्ला र डा.सोहन कुमार साहले चिकित्सकीय सेवा उपलब्ध दिईरहेका छन् ।
गाउँघरमै चिकित्सक पुगेर स्वास्थ्य सेवा प्रदान गरिने उक्त कार्यक्रमको जोरायल गाउँपालिका उपाध्यक्ष एवं कार्यक्रमका प्रमूख अतिथि जमुना बोहरा र जोरायल गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष दिनेश कुमार मल्लले उदघाटन गरेका थिए । उक्त कार्यक्रम भोलि मंगलबारसम्म सञ्चालन हुने जनाईएको छ ।


