डोटीमा माथिबाट खसेको ढुङ्गा टाउकोमा लाग्दा ११ वर्षिया बालिकाको मृत्यु
प्रेम नेपाली
फाल्गुन १८, डोटी ।
डोटीमा माथिबाट खसेको ढुङ्गा टाउकोमा लागि मंगलबार एक बालिकाको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका वडा नम्बर १ छपाली, पुजारा गाउँकी ११ वर्षिया समिक्षा पुजाराको मृत्यु भएको हो ।
जङ्गलबाट बाख्रा ल्याउन हिडेकी समिक्षाको टाउकोमा ढुङ्गा लाग्दा मृत्यु भएको स्थानीय बल बहादुर पुजाराले जानकारी दिए ।
विद्यालय बिदापश्चात घरबाट खाजा खाएर बाख्रा ल्याउन हिडेकी समिक्षा सङ्ग दुईजना अन्य बालबालिका पनि रहेको तर ती बालबालिका भने भागेर सकुशल बच्न सफल भएको पुजाराले बताए ।
बुवा जय बहादुर पुजारा र आमा जमुना पुजाराको आठ सन्तान मध्यकी कान्छी छोरी समिक्षा गाउँकै तेडी महादेव विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन ।