डोटीमा पनि राखियो नेकपा एमालेको बोर्ड

1,111

फाल्गुन २५, डोटी ।
डोटीमा पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा राखिएको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) को साइन बोर्ड राखिएको छ ।
बोर्डमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कार्यालय सिलगढी डोटी लेखिएको छ ।
एमाले र माओवादी केन्द्रबिच एकीकरण हुनुपुर्व एमाले डोटीका अध्यक्ष चक्र मल्लको नेतृत्वमा साइन बोर्ड राखिएको हो ।
एमाले र माओवादी केन्द्रबिच एकीकरणपछि पनि नेकपा अध्यक्ष रहेका मल्ल गत पुस ५ गतेको संसद विघटनपश्चात् प्रचण्ड-नेपाल खेमामा उभिएका थिए ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको नाममा फैसला सुनाएपछी पार्टीको केन्द्रबाट आएको निर्देशन अनुसार बोर्ड परिवर्तन गरिएको मल्लले बताए ।
आजै केही बेरमा औपचारिक कार्यक्रम राखिने उनले बताए ।

Leave A Reply

Your email address will not be published.