डोटीमा माओवादी केन्द्रको पनि कार्यालय स्थापना

413

फाल्गुन २६, डोटी ।
डोटीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पनि कार्यालय स्थापना गरेको छ ।
बुधबार सिलगढीको एक निजि घरमा कार्यालय स्थापना गरिएको सो पार्टीका युवा नेता तेज डुम्रेलले जानकारी दिए ।
पछिल्लो राजनीतिक घटनाक्रममा नेकपा एमाले र माओवादी केन्द्रबिचको एकतापश्चातको नेकपाले आधिकारिकता नपाएपछि दुवै पार्टीले पुनः पुरानै पार्टी ब्युझाउन थालेका छन् ।
देशभर कार्यालय खोल्ने क्रम शुरु भएपछि डोटीमा माओवादी केन्द्रका प्रतिनिधि एवं बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिला नेतृत्वको टीमले कार्यालय स्थापना गरेको हो ।

Leave A Reply

Your email address will not be published.